लेखन उदासीपन बाट बाहिर आउँदाको क्षण

लेखन शैली भनेको कुनै चानचुने काम होइन | एउटा कलाकारिता हो , जसमा लेखकले  कुनै बिषयवस्तु माथि आफ्नो शब्दको जाल फैलऊँछ र पाठक त्यसैमा मन्त्र मुग्ध हुन्छ | त्यहि लेखन कला सिक्दै थिए म | लेख्न चाहिने खुराकहरुको अध्ययन गर्दै थिए म | एउटा प्रभावकारी लेख प्रस्तुत गर्ने प्रयासमा थिएँ | तर अचानक मेरो लेखन कला प्रति, मेरो अध्ययन गर्ने जाँगर प्रति एउटा अनौठो प्रश्न तेर्सियो  कि ,  मैले अध्ययन बाट प्राप्त गरेको ज्ञान एउटा किताबी ज्ञान मात्र हो, त्यसमा व्यवहारिकतापना न्यून छ ! 

मैले समसामयिक बिषयबस्तुमा आफ्नो विचार, आफ्नो आवाज प्रस्तुत गर्दा यो त् ढोंग मात्र हो | वास्तविक जीवनमा हुने घटनामा तैले कसैलाई साथ दिन सक्दैन , त्यसको विरुद्धमा दुई चार शब्द बोल्न सक्दैन भने त्यो लेखेको के मतलब भयो र ? आफु चर्चामा आउने र नाम कमाउने नाटक मात्र गरेको हो | जब आत्मीय व्यक्ति बाट नै यस्तो किसिमको वाक्य सुन्दा म आफैमा सोच माग्न भए | आखिर के हो मेरो लेखनको वास्तविकता ? यहि कुराले मलाई पिरोली रह्यो |

मैले नंया लेख रचना गर्न खोज्दा पनि शब्दहरु हराउन थाले | पढ्न मन लागेको किताबको थाक्रा देखेर पनि आलस्य पन जाग्न थाल्यो | नंया लेख रचना अध्ययन गर्ने, सिर्जना गर्न सक्ने मेरो क्षमतामा ह्रास आउन थाल्यो | लेखन र अध्ययन शैलीमा एउटा उदासीनता छाउन थाल्यो | म आफैंमा सोच माग्न हुन थाले , यो के हुँदैछ ! आखिर मेरो त्यो जोश जाँगर कता हराउंदै छ | मैले आफुलाई सक्दो प्रयास गरे , गहन अध्ययन भन्दा पनि हल्का मनोरंजन दिने किताबबाट सुरु गरें | किताब भन्दा पनि यूवट्युब भिडियो प्रति आफ्नो आकर्षण बढाए | म फेरी लेखन कार्य गर्छु भन्ने अठोटका साथ आफुलाई निर्धक्क बनाए र "ब्रेक" दिए | 

त्यसैले आजको यो लेख ति तमाम त्यस्ता व्यक्तिहरु प्रति समर्पित छ , जसले मलाई हरेक क्षणमा लेख्नको लागि प्रेरणाको स्रोत बनिरहे | ति प्रत्येक व्यक्तिहरु प्रति आभारी छु , जसले मलाई लेख्नको लागि हरेक पल्ट झकझकाई रहे | ति ब्यक्तिहरुलाई नमन गर्न चाहन्छु , जो  मेरो निकटतामा नरहे पनि मेरो लेख प्रति आफ्नो दृष्टि दर्साउनु भयो र त्यस प्रति गौण रुपमा प्रतिक्रिया दिनु भयो |

मेरो यो लेख , लेखन कार्यको उदासीपन बाट बाहिर आएको क्षणको कथा प्रति समर्पित छ | मेरो लेखन शैली , अध्ययन गर्नु पर्छ भन्ने विचार , त्यसले व्यक्तिगत जीवनमा पुर्याएको सहजता , व्यक्तित्व विकास गर्न मदत गरेको , व्यवहारिक ज्ञान दिएको , चुनौतीको सामना गर्न सिकाएको, आफ्नो मन भित्रको कुण्ठा हटाई कलात्मक रुपमा प्रस्तुत गर्न , वैचारिक रुपमा स्वतन्त्रता प्रदान गरेको, मेरो आफ्नो बुझाई र व्यवहारिकता प्रति समर्पित मेरो यो आफ्नो लेख | 

Comments