महिला सशक्तिकरणमा महिला आरक्षण सिट को उपहाश

सन्दर्भ- महिला दिवस को अवसर पारेर केहि लेख्ने इच्छा भयो | यसै शिलशिलामा एउटा सानो प्रसङ्ग जोड्न चाहन्छु | हुन त सामान्य कुरा होला तर यसले ठुलै आशय बोक्छ जस्तो लाग्छ | सदा झैँ घर बाट कार्यशाला जाने क्रममा गाडी चढे, त्येस्तै हो बाटो विस्तार को क्रममा गाडी अघि बढ्नु भन्दा पनि जाम मा नै फस्यो | यसै क्रममा एक जना अधबैसे केटा मान्छेको गाडी मा प्रवेश भयो | गाडी को दाँया बाट दोश्रो सिट मा अर्को बुढा मान्छे छेउतिर बसेको थियो जसको  अघि गाडी चढ्ने मान्छे संग  चिनाजानी रहेछ अनि गफ गर्न थाले | यसै क्रममा त्यो बुढा मान्छे ले बसौं न यता भन्न थाले ? यो प्रश्न को जवाफ मा त्यो अधबैसे केटा मान्छे ले भने यो त महिला को सिट हो बस्नु हुन्न भनेर पछाडी को खाली सिट मा गएर बस्न गए | हुन त यो सामान्य कुरा हो, महिला लाई भनेर छुटाई दिएको आरक्षण सिट मा बस्ने अधिकार महिला लाई मात्र हुन्छ तर पनि त्यस्तो नभएको र कसैले पनि त्यसरी आवाज उठाएको नसुन्दा मलाई अचम्म लग्यो कि कोहि त छ जसले नेपाल  को कानुन अनुसार को नियम पालना गरिदिने अनि बोलिदिने | हुन त गाडी चड्दा जहाँ महिला तथा अपाङ्ग आरक्षण सिट भनेर लेखेको देख्थे मन मा जहिले पनि प्रश्न उठ्ने गर्थ्यो कि महिला तथा अपाङ्ग लाई दिएको आरक्षण सिट मा किन जहिले पनि पुरुष नै बस्ने गर्छन , त्यो पनि बलियो | हुन त म आफै पनि शिक्षित अनि आफ्नो हक अधिकार को बारेमा सचेत भएता पनि कहिले पनि महिला आरक्षण सिट भनेर छुटाएको ठाउमा कुनै केटा मान्छे बस्दा यो त आरक्षण सिट हो भनेर मुख खोलेर बोल्न सकिन | बरु उभिएरै यात्राहरु पार गरियो तर बोल्ने भने जाँगर भनौ या हिम्मत जुराइएन | हुन त कहिले कहिँ टाढाको यात्रा गर्दा सन्चो नहुँदा चाही मलाई उभिन गारो भयो के तपाई मलाई त्यहाँ बस्न दिनु हुन्छ भनेर चाही भनियो होला तर आफु सकेको बेलामा भने अधिकार को कुरा लाई अगाडी बढाएर कहिले पनि बोलिन | हुन त म आफुलाई पनि आरक्षणको कुरा चित्त नबुझेको भएर होला जहिले पनि आरक्षण सिट लेखेको पढ्दै मन मा विभिन्न कुरा खेलाउदै यात्रा गन्तब्य तिर पुगिन्थियो | सायद त्यो अधबैसे केटा मान्छे ले त्येस्तो नभनिदिएको भए मैले यस बारेमा चर्चा पनि गर्ने थिएन होला |  अपरिचि व्यक्ति भए पनि मलाई कलम चलाउन प्रेरणा प्रदान गरेको मा  स-हृदय धन्यवाद दिन चाहन्छु | 

महिलावादी आन्दोलन संगै सुरु भएको महिला सशक्तिकरणले, एउटा महिलामा म पनि मानव हु | म पनि यो समाज को सदस्य हु | मेरो पनि समाज मा पुरुष सरह बाँच्ने अधिकार छ | मेरो पनि समाजमा अस्तित्व छ है भन्ने भावना जागृत गरिदिएको छ | त्यहि सशक्तिकरणको आन्दोलन को सम्झनामा हरेक साल मार्च ८ तारिख को अवसर पारेर "विश्व महिला दिवस" मनाउने गरिन्छ | जब सम्म महिला ले समाज मा सह अस्तित्वको  आभास पाउंदीन तब सम्म महिला सशक्तिकरण को नारा अनि मार्च ८ तारिख को दिन नारी दिवस मनाई नै रहन्छ | खै किन हो किन हाम्रो समाज ले महिला लाई कहिले पनि समाज को अभिन्न अंग को रुपमा स्वीकार गरेन | कहिले पनि महिला लाई त पनि मान्छे हो तेरो पनि यस धर्ति मा बाँच्न पाउने अधिकार छ है भनेर कहिले पनि भनेन | हुन त हाम्रो सामाजिक संरचना को बारेमा कुरा गर्दा पृत्तिसत्ता को बारेमा चर्चा गर्नै पर्छ यसो गर्दा जान्ने सुन्ने भनौदा पुरुष हरु हाम्रो बिरोध गर्यो भन्छन | कि त कहि नभाको कट्टर महिलावादी पनि भन्छन होला तर यो सबै कुरा गर्दा समाज मा अवस्थित पृत्तिसत्ता को बारेमा चर्चा नगरी बिषय को चुरोमा पुग्न सकिन्दैन |  यहाँ पुरुषबादी सोच भनेर कुनै व्यक्ति बिशेष होइन कि , बरु पुरुष लाइ प्रमुख मानेर महिला लाइ चाही दासत्व को भागिदारी बनाउने सोच लाइ चाही पुरुषबादी सोच भन्ने गरिन्छ | यसको बारेमा कुरा गर्दा लैंगिता को बारेमा पनि थोरै चर्चा गर्दा प्रस्ट हुन्छ होला | महिला वा पुरुष भएपछी समाजमा जिबिका चलाउन यस्तो किसिम को भूमिका निर्बाह गर्नु पर्छ र तिमी महिला भएको कारण यस्तो किसिमको भेष भूसा देखि लिएर यस्तो चाही चाल चलन अपनाउनु पर्छ | र तिमी पुरुष भएको नाता ले तिम्रो चाही यस्तो किसिम को बनावट अनि चालचलन हुनुपर्छ भन्ने मान्यता बोकेको हुन्छ | जुन एउटा महिला तथा पुरुष भए पछी निभाउनु पर्छ | तर हाम्रो समाज पुरुष प्रमुख भएको नाता ले महिला लाइ कहिले पनि पुरुष सरह हक अनि अधिकार प्रदान गरिएन | महिला पनि समाज को एउटा अभिन्न अंग हो भनेर कहिले पनि चित्रण गरिएन | त्यहि मान्छे भएर जन्मेको पुरुष ले जन्मे देखि मरण सम्म सबै सुबिधा भोग गर्न पाए तर त्यहि मान्छे महिला भएर जन्मेको नाता ले सबै सुबिधा बाट बन्चित हुन पुगे |

शिक्षा को लहर बढ्दै गएपछि छोरी मान्छे लाइ पनि दुईचार अक्षर सिकाउनु पर्छ भन्ने मान्यता को बिकाश हुन थाल्यो | यहि अभियान संगै केटि मान्छे ले पनि आफ्नो जिबिकोपार्जन को लागि शिपमुलक तालिम हरु मा भाग लिन थाले | शिक्षा को ज्योति ले समाज को आँखा खोलिदिएको हुनाले महिला को पनि सहभागिता को महसुश गर्न थालियो | महिला सशक्तिकरण को चर्को आवाज गुन्जिरहेको बेलामा महिला को पनि सहभागिता को कुरा ले महिला मा झन् केहि गर्ने आत्मा बिश्वाश पलाउन थाल्यो | तर हाम्रो समाज मा पुरुष निक्कै नै अगाडी बढिसकेको हुनाले महिला लाइ प्रतिष्पर्धा गर्न गारो पर्यो र यसको लागि महिला आरक्षण कोटा छुटाउन थालियो जसले महिला सहभागीताको माग निष्पक्ष ढंग बाट संचालन हुन थाल्यो | आफुलाई सक्षम बनाउदै अहिले महिला को सिट संख्या ३३ % सम्म पुगेको छ | आफुलाई फेरी पनि सुढ्रित बनाउदै बराबरी पुर्याउने लक्ष्य राखिएको छ | महिला को प्रतिष्पर्धा महिला संगनै गराई चुनिएका सहभागी लाई प्रतिनिधि बनाउने प्राबधान रहेको छ तर यसो हुन भने सकेको छैन | पछिल्लो समय मा भएको संबिधान सभाको चुनाब को बारेमा चर्चा गर्नु पर्दा, चुनाब मा भाग लिएका महिला उम्बेद्वारले पुरुष उम्बेद्वारसंग नै प्रतिष्पर्धा गर्नु परेको देखिन्छ | हुन त आधा आकाश भन्दा पनि बढी ढाकेको महिला जनसंख्या मा सामाजिक संरचना का कारण क्षमता पुरुष को दाँजो मा कम भएको कारण ले होकी महिला सहभागिता अतिनै न्युन देखिन्छ | तर जति सहभागी छन् के उनीहरु ले चाही आफ्नो क्षमता अनुसार को कार्य या भनौ  प्रतिनिधित्व जनाई राख्न पाएका छन् त ? जहाँ पनि पुरुष हाबी हुँदा महिला प्रतिनिधि को आवाज निर्णायक रुपमा गुन्जिंछन् होला त ? समयको बिकाश क्रम संगै स-चेतना र शिक्षाले ल्याएको परिबर्तन अनि बुलंदा आवाज ले समाज मा महिला भन्ने पनि कोहि छ है जो समाज को अभिन्न अंग हो | जसले चुपचाप सहेर समाज मा एक पुरुष लाइ अग्रणी भूमिका मा राखिदिएको छ | अब होसियार ! जो पुरुषलाई त्यहाँ सम्म पुर्याउन एउटा महिला को गौण भूमिका हुन्थियो भने अब महिला पनि संगसंगै हिंड्न थालिसके समानान्तर आकाश अनि जमिन को खोज मा | अब महिला लाई लर्कार्न नखोज  महिला को पनि सह-अस्तिव अनि सहभागिता को खोजि भइ सकेको छ | तर बिडम्बना यहि छ कि नबोली, आवाज नउठाए सम्म केहि नहुने रहेछ | आवाज उठाएर कानुन सम्मत नियम लागु गर्दा त महिला को भाग फेरी खोस्दा रहेछन त यसलाई के भन्ने अब ? सरकार को फितलो कदम भन्ने कि अपनाउने मान्छे को घैंटो मा घाम नलागेको भन्ने |

समाज परिवर्तनशिल छ तर पनि सामाजिक मूल्य मान्यता मा परिबर्तन आउन समय लाग्छ । प्रश्न यहि मात्र हो कि जति परिबर्तन भएको छ त्यति को पनि सुरक्षा नभएको देख्दा नमज्जा लाग्छ । कहिले आउछ त्यो दिन जब आवाज नउठाए पनि माग पुरा हुने दिन । हुन त व्यवस्थापन हुन समय लाग्छ तर यहाँ त परिबर्तन को कुनै रुप नै देखिंदैन । सायद पुरातन सोच अनि मानसिकताले जगढ़ेर राखेको भएर परिबर्तन नभएको हो कि परिबर्तन हुन नचाहेको हो, यो कुरा चाही बुज्न सकिएन । यसो सरसर्ती हेर्दा त बुज्पचाएको जस्तो देखिन्छ । महिला सहभागिता को नाममा आरक्षण दिएर प्रतिनिधि त बनाएका छन् केवल उपस्थिति को लागि । न त महिला को आवाज सुनिदिएको छ, न त महिला लाइ कुनै स्थान नै दिएको छ । सबै देखावटी मात्रै छन्, आश्वासनको भरमा महिलालाई फेरी पनि नचाई मात्र राखेका छन् केवल आफ्नो लोकप्रिएताको लागि मात्र । अब सबै जना सचेत हुनु पर्ने देखिनछ केवल महिला दिवस मनाएर मात्र हुँदैन, सचेतना मात्र होइन कि हरेक मान्छे बाट जाँगरण आउनु पर्ने देखिन्छ सहि परिबर्तन अनि बिकाश को लागि ।

Comments

saroj shrestha said…
Resourceful Article !!!