Jul 3, 2015

आखिर दोष कसको?

असार १५ गते लाई हाम्रो नेपाल मा सांस्कृतिक रुपमा दहि चिउरा खाने दिनको रुपमा मनाइने गरिन्छ | कृषि प्रधान देश भएको कारणले गर्दा यस दिनलाई धान दिवसको रुपमा मनाउने गरिन्छ | त्यहि धान दिवसको अवसरमा  कृषिमन्त्रि पनि धान रोप्ने कार्यक्रममा सहभागी हुनको लागि मुलपानी पुगे  | धान रोप्दा लिएको मज्जा अनि हसी ठट्उला बीच भएको दृश्य कैद हुन्छ कुनै पत्रकारको क्यामेरामा | र त्यहि फोटो जालो जस्तै फैलिन्छ सामाजिक संजालमा | कुनै पनि फोटो वा समाचार प्रेसित हुनु भन्दा अगाडी सम्प्रेसन हुने गर्दछ | तर आज भोलि सामाजिक संजालको सहजता अनि अनलाईन पत्रकारिताको माध्यमबाट कुनै पनि खबर पत्रिकामा छापिनु भन्दा कम्प्युटर, मोवाइलको भित्तामा छर्लंग देख्न सकिन्छ | 

हुनत भन्ने गरिन्छ - एउटा तस्बिरले हजार वाक्य बोल्दछ | तर यस बिषयलाई पहिला देखिनै म खण्डन गर्ने गर्थे | तस्बिर हरेक किसिमले खिच्ने गरिन्छ अनि त्यसमा उल्लेख गरिने क्याप्सनले त्यसको जसरी पनि बयान गर्न सकिन्छ |  हामी एउटा पाटो कोटयाउनु पुग्दा जहिले पनि अर्को पाटो छाँयामा ओझेल पर्ने गर्छ  | कुनै पनि आधार बिहिन समाचार प्रेसित हुँदा जहिले पनि पत्रकारिता पेशामा लागेका मित्रलाई सोध्ने गर्छु कि यस्तो समाचारले कसरी आम संचारको पहिलो ABC नियमलाई पालना हुन्दछ | त्यस्तै कुरामा कुरा जोडिन पुग्दछ कृषिमन्त्रीको | धान रोप्ने कार्यक्रममा सहभागी हुन गएका कृषिमन्त्रीले महिलामाथि दुरव्यवहार गरेको भन्दै तस्बिरहरु सार्वजनिक भए | त्यसै अनुरुप त्यो फोटो हेर्ने जो कोहिले पनि सजिलै अनुमान लगाउन सकिन्छ कि ती बुढी महिला माथि दुरव्यवहार भएको पक्कै हो | अनि सुरु हुन्छ कृषि मन्त्रि माथि कारबाही चलाउने टिक्का टिप्पणी  | त्यो तस्बिर सार्वजनिक भएको भोलि पल्टै कृषि मन्त्रि माथि स्पष्टीकरणको लागि बोलाइन्छ अनि कृषि मन्त्रिको राजिनामा पत्र पेश हुन्छ | महिला माथि दुरव्यवहार गरेको भन्दै जुन किसिमले कृषि मन्त्रीको  चर्चा भयो त्यस लगतै ती बुढी महिलाले "मलाई कृषिमन्त्रिले दुरव्यवहार गरेको होइन बरु पत्रकार ले चाही हो |" भनेर पत्रकार सम्मेलनद्वारा खुलासा हुन्छ | यस्तो अवस्थामा जवाफ देहिता को हुन्छ | दुवै पक्षको कुरा समावेस नगरिकन सार्वजनिक भएको समाचारले त कृषि मन्त्रि भन्दा पनि ती बुढी महिलाको पो झन् चरित्र हत्या हुन पुग्यो |

हुनत प्रेस स्वतन्त्रताको कुरा बेला बेलामा उठ्ने गर्दछ | अन्तरिम संबिधानमा "पूर्ण प्रेस स्वतन्त्रता" को कुरा उल्लेख गरेता पनि अब बन्ने संबिधानको मस्यौदामा "प्रेस स्वतन्त्रता" मात्र राख्दा बिरोधभास अभियुक्ति उठ्न थालिसकेको छ भने , यसरी कुनै पनि कुराको चुरो नलागी प्रेसित भएको समाचारले कुनै पनि निर्दोष ब्यक्तिको चरित्र हत्या हुन पुग्दछ भने त्यसको उत्तरदायीत्व कसले बहन गर्ने |  पूर्ण प्रेस स्वतन्त्रताको नाममा पत्रकारिताको मर्यादा पालना नगर्ने पत्रकार, खबर सम्प्रेसण नगरी प्रकाशनको अनुमति दिने सम्पादक अनि आफ्नो स्वार्थको लागि कुनै पनि कुराको चुरो मा नपुगि समाचार छाप्न लगाउने प्रकाशक माथि नियमको सांग्लो चाही कसले बेरिदिने त ?

मौलिक अधिकारको नाममा प्रेस स्वतन्त्रताको कुरा गर्दा पत्रकारिता आचारसंहिताको पनि कुरा गर्ने अनि पालना गर्न लगाउनु पर्ने देखिन्छ |  मध्यस्त कर्ताको रुपमा परिचित संचार माध्यमले पनि नियम पालना गर्नु पर्ने हुन्छ | ता कि भविष्यमा सबैको विश्वसनीय पात्रको रुपमा परिचित होस् | आफ्नो मौलिक अधिकारको उपयोग गर्दा जनताको  पनि सहि सूचना अनि समाचार पाउनु पर्ने मौलिक अधिकार बाट बन्चित हुनु भएन | अब बन्ने संविधानले सबैको हक अधिकार अनि पालना गर्नु पर्ने नियमको कडाईका साथ पालना गर्न अनि गराउन व्यवस्था गरिदिनु पर्दछ  | अनि मात्र सबैको हक अधिकारको सुनिश्चिताका साथ विश्वसनीयता पनि बढ्नेछ |

2 comments:

Robin Manandhar said...

"पूर्ण प्रेस स्वतन्त्रताको नाममा पत्रकारिताको मर्यादा पालना नगर्ने पत्रकार, खबर सम्प्रेसण नगरी प्रकाशनको अनुमति दिने सम्पादक अनि आफ्नो स्वार्थको लागि कुनै पनि कुराको चुरो मा नपुगि समाचार छाप्न लगाउने प्रकाशक माथि नियमको सांग्लो चाही कसले बेरिदिने त ?"
Right Thought
HAt's OFF !!

Bimala Bajracharya said...

thank you