पितृसत्ता: महिला पुरुष
हाम्रो दक्षिण एशियालि देशको अधिकांश समाज पितृसत्तामा आधारित छ | पितृसत्ता हाम्रो समाजको
एउटा सोच हो | जसका प्रमुख या भनौ अधिपत्य पुरुषको रहने गरिन्छ, तर यसको मतलब यो होइन कि हरेक पुरुषले आफ्नो पुरुषार्थ महिला माथि दबाएर राख्न
खोज्दछन | भारतीय महिलावादी कमला भासिन का अनुसार "patriarchy was just a fight
between two minds and not between man and woman" उनी पितृसत्ताको
बिरोधि पक्कै हुन् तर समाजमा रहेको पुरुष सदस्यको भने पक्कै होइनन् | उनको भनाई अनुसार
पितृसत्ता भनेको दुई मष्तिस्क बिचको लडाई हो |
ना
कि महिला अनि पुरुष बिचको | पितृसत्ता सोच भएकै कारणले गर्दा यो पुरुषमा मात्र हुन्छ भन्ने सोच
गलत हो, यो सोच कालान्तर देखि महिलामा पनि हाबी भएको पाइन्छ | ८० को दशक पछीको महिला आन्दोलनले जन्माएको सोचले धेरै परिवर्तन ल्याएको छ
हाम्रो समाजमा | मुख्यतः उदारवादी महिला धार, उग्रवादी महिला
धार, मार्क्सवादी महिला धार अनि समाजवादी महिला धार | बिशेष गरेर यी
धारहरुले महिलाहरुलाई समाजमा पुरुष सरह समान अधिकार अनि सम्मान दिलाउनको लागि
मद्दत गर्यो | सामाजिक प्राणी भएको हिसाबले महिलाको पनि समाजमा उतिकै जिम्बेवारी हुन्छ | पुरुष सरह महिलाले
पनि समाजमा उल्लेखनीय भूमिका खेलेको हुन्छ | यसै अनुरुप
महिलाको पनि पुरुष सरह बिशेष अधिकार अनि स्थान छ है भन्ने आभाष दिलाउन भएका आन्दोलन अनि समय - समयमा हुने सम्मेलनले गर्दा पनि समाजको सोचमा परिवर्तन आएको
छ |
लैंगिकताका आधारमा महिला अनि पुरुषको काम बाँडिएको हुनाले, महिलाले घरको काम
अनि पुरुषको लागि बाहिरको काम गर्नुपर्ने चलन चल्ती रहेको छ | हुनत लैंगिक
बिभाजन समाज अनुसार फरक रहेता पनि हाम्रो समाजमा भने पुरुषले गर्ने कार्यलाई बढी
महत्व दिने गरिन्छ भने महिलाले गर्ने कार्यलाई दोस्रो दर्जाको रुपमा अझै पनि हेर्ने
गरिन्छ | यसै सम्बन्धमा
कुरा आउंछ पितृसत्ताको, आखिर के हो त पितृसत्ता ? किन पितृसत्ता हाम्रो समाजको
सामाजिक बनोट भयो ? आखिर पितृसत्ता कसमा हाबी छ, महिला या पुरुषमा ? हुनत सुन्दै आएको
बिषय अनि उग्रवादी महिला धार बोकेको महिलावादी सोचको प्रमुख बिषय बनेको शब्द आज
पनि उतिकै जटिल छ | यसलाइ परिभाषा
दिनु पर्दा, यो हाम्रो समाजको
यस्तो सोच हो जसले पुरुषलाई अग्रणी बनाएर समाजको ढांचा कोरेको छ | पुरुष प्रमुख भएर
चल्ने समाज, जहाँ परिवारमा छोराको जन्मले मृत्यु पर्यन्त स्वर्गको ढोका खोलिदिन्छ, भन्ने मानसिकता बोकेको छ | पुरुषलाई या भनौ छोरालाई बढी मान्यता दिने हाम्रो समाजमा पुरुषको अस्तित्व संग महिलाको
पहिचान गाँसिएको छ | जन्मदा ऊ बाबुको छोरी
हुन्छे, बिवाह पछि श्रीमानको
नाम जोडिन्छ भने छोराको जन्म पछी उनी छोराको आमा कहलिन्छे | उसको यस समाजमा आफ्नो छुटै पहिचान भने छैन
|
छोरालाई नै प्रमुखताका साथ हेरिने हुनाले
हाम्रो समाजमा चाहेर पनि एउटी आमाले उसको पहिलो सन्तानको रुपमा छोरीको आशा गर्न सक्दिन
|आफु छोरी भएर जन्मदाको दुखले गर्दा पनि
उनी आफ्नो सन्तानको रुपमा छोरालाई चाहन्छिन | भन्नलाई त भनिन्छ , छोराको चाह पुरुषलाई भन्दा महिलालाई बढी हुन्छ, तर के यो सोच एउटा महिलाको मात्र हो त ? यो सोच महिलामा हाबी हुन हाम्रो समाजको
कुनै हात छैन ? एक चोटी विचार गर्नै
पर्छ | आजको समाज बिज्ञानको भएको कारणले गर्दा
पनि विभिन्न उपकरणको आविष्कार भएका छन् | अनि त्यो आविष्कारको प्रयोगको उचित हदबन्दी नहुँदा दुरुपयोगको अवस्था
सिर्जना भएको छ |
एउटा आमाको गर्भ
भित्रको बच्चाको लिङ्ग परिक्षण अनि त्यसपछि छोरी रहेछ भने गर्भपतन गराउने प्रबृति
बढ्दो छ |
के यो कार्य एउटा
महिलाको मात्र एकल स्व:निर्णय हो ? यदि एउटा महिलाले मात्र चाहने हो भने उसले कहिले पनि आफ्नो शरीर अनि
स्वास्थ्य को बिरुद्धमा गएर त्यो कार्य गर्न सक्दैन | त्यसमा उसको भावना अनि संवेदना पनि लुकेको
हुन्छ | उसको त्यो
निर्णयमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा परिवार अनि समाजको पनि दवाब रहेको हुन्छ |
एउटा छोरी बिवाह पछी आफ्नो
श्रीमानको घरमा जान्छिन् | विवाह पश्चात श्रीमान श्रीमतीको सम्बन्ध मात्र होइन त्यसै
सम्बन्ध संग अरु नाताहरु पनि गाँसिन्छ | ऊ त्यहाँ उसको श्रीमानको श्रीमती मात्र होइन, त्यो घरको बुहारी, जेठानी, देबरानी अनि भाउजु जस्ता
सम्बन्धमा बांधिन्छे | अब
हाम्रो समाजको अर्को द्वन्द यसै बाट सुरु हुन्छ | हुनलाई त यहाँ एउटा महिलाले
अर्को महिलालाई गर्ने व्यवहारको कुरा आउछ | कुनै पनि महिला घरेलु हिंशाको
चपेटामा पर्छ भने , त्यसको
नेतृत्व महिलाले नै गरेको हुन्छ | स्वाभाविक रुपमा हेर्दा त्यहाँ एउटा महिला नै अर्को महिलाको
शिकार भएको देखिन्छ | तर
यसलाई पनि गहिरिएर मनन गर्ने हो भने, यो महिला महिला बिचको द्वन्द
भने पक्कै होइन | यो दुई
बर्ग बिचको संघर्ष हो | सासुले आफ्नो स्थान जमाई राख्नको
लागि बुहारी माथि ज्याजति गर्छिन् भने, बुहारीले पनि आफ्नो अधिकार नयाँ घरमा सुनिक्षित
राख्नको लागि लडाई गर्छे | त्यस्तै जेठानी अनि देबरानी बीचको मनमुटाब पनि बर्ग
संघर्षकै हो | आफ्नो स्थान घरमा पक्का गर्नको लागि एक आपसमा लडाई गर्ने गर्छन |
नीति
शास्त्रमा आधारित रहेर चलन चल्तीमा ल्याएका यस्ता नियम अनि बन्धनहरुले नारीलाई
संकीर्ण बनाई रहेको छ | नारीकै हात बाट पितृसत्ताको जग हस्तान्तरन भइरहेको छ | जब
हरेक कुराको संस्कार चलाउनको निम्ति एउटा महिलाले नै नेतृत्वदायी भूमिका खेल्दछिन्
भने, किन महिला एक जुट भएर महिलाको हकमा कदम नचलाउने ? किन जहिले पनि पुरुषसत्ताको
नियमलाई उजागर गरी रहने ? जब पुरुषको स्थान समाजमा अग्रणी बनाई राख्न महिलाले नेतृत्वदायी
भुमिका खेल्न सक्दछे भने, आजै देखि आफ्नो हक अधिकार पनि सुनिश्चित राख्न पहल किन
नगर्ने ? वर्ग संघर्षको कुरा भन्दा पनि आफ्नो छुटै पहिचानको लागि अग्रणी भूमिका
खेलौं | आफ्नो स्वास्थ, शिक्षा स्वतन्त्रता, आत्मनिर्णय र आत्मानिर्भरताको अधिकारको
लागि आवाज बुलन्द पारौं | आफ्नो लागि आफै लड्न सिकौं |
Comments