साँखु भ्रमणको समिक्षा

पृष्ठभुमि -

काठमाडौँ उपत्यकाको पुरानो नेवार बस्ति हरु मध्य साँखु पनि एक हो | आफ्नै छुटै शैली र संस्कृति भएको नेवार जातिको आफ्नो छुटै परम्परा र रहन सहन पाइन्छ | आफ्नै मौलिक किसिमको बासस्थान अनि काम गर्ने शैलीले नेवारलाई जहिले पनि अलग पहिचान दिएको छ | आफ्नै दुनियामा रमाउने नेवारहरु मेहनती पनि उतिकै छन् | सहरको कोलाहल भन्दा केहि पर प्राकृतिक छट्टामा हुर्किएको बस्ति हो साँखु | आफ्नै मूल्य मान्यता बोक्ने यो बस्तीको प्रवेशद्वार बाट नै हामी आभारी भयौ | बज्रयोगिनी मन्दिर अवस्थित भएको साँखुको प्रवेशद्वारको शिर्ष भागमा देबीको आकृति अनि प्रवेशद्वारको को दाँया बाँया बनाईएको सानो पोखरी या भनौ कुण्डले सगुन अनि शुभको संकेत गर्दो रहेछ | जसरि घरमा प्रवेश गर्दा या भनौ घर बाट टाढा जाँदा ढोकाको दाँया बाँया जसरि पानीको घडा राख्ने गरिन्छ, त्यसरीनै त्यो पोखरीले घडाको प्रतिको रुपमा काम गर्दो रहेछ | 

गाडीमा बस्दाको प्रसङ्ग-

त्यहि सुन्दर मनमोहक प्राकृतिक दृष्यावलकन गर्न अनि मौलिकता हेर्नको लागि हामीले सानो समूह बनायौ अनि साँखु घुम्न जनाको लागि शनिबारको दिन छुटायौ | ललितपुरमा बस्ने हामी साथीहरु चार जनाको समूह मिलाएर बिहान ७:०० बजेको समयमा साँखुको बस पाउने ठाउँ सातदोबाटोमा जम्मा भयौ र साँखु जानको लागि बसमा चढयौ | हामी गाडीमा चढेको के मात्र थियो त्यहि बखतमा खंलासिको आवाज सुनियो यो महिला सिट हो त्यसमा न बसिदिनु होला | हाम्रो समूहमा हामी तीन जना केटि साथी अनि एक जना केटा साथी थियो, यहि कुरा सुनेर उ पछाडिको सिटमा गएर बस्यो | हुन त उ कहिले पनि महिला सिटमा बस्दैन थियो बसमा यात्रा गर्ने बेलामा होस् या कार्यालको लागि बसमा बस्दा, उ पछाडिको सिटमा नै बस्ने गर्थियो | गाडी गुड्नु भन्दा एकछिन हामी यहि महिला आरक्षण सिटकै बारेमा गफिन पुग्यौ | र यसै बीच केहि अगाडी पढेको लेखको बारेमा मैले सुनाए -  महिला सिटमा उमेरले पाको मान्छे बसेको रहेछ अनि खंलासिले त्यो बाजेलाई उठाएर अर्को एकजना महिलालाई बस्न लगाएछ अनि त्यो बुढो बाजे चाही उठ्नु परेछ | यसै बीच भिडबाट एकजनाले आवाज दिएर ति बाजेलाई जेस्ठ नागरिक आरक्षण सिटमा बस्नको लागि आग्रह गरेछ | यो सब दृश्य अवलोकन गरिराखेकी लेख कि लेखिकाले मन मनै सोचेकी, हुन त त्यो  महिल सिटनै हो तर पनि यसरी बुढो मान्छे लाई त्यसरी उठाएर बसिन्छ भने मलाई चाही यो आरक्षण नभएकै ठिक भन्दै लेख लेखेकी थिइ | यो सब सुने पछी मेरो साथी सुनिताले भन्न थालेकी यस्तो अवस्थामा त त्यो  मान्छेले नै तपाईं नै त्यता बस्नु भन्नु पर्ने हो | हुन त महिला आरक्षण सिटको बारेमा यसरी आवाज दिंदा खुसी लाग्छ कि बल्ल यो नियमको लागु हुँदै छ | यसै बीच मैले भनेकी जुन दिन देखि यो आरक्षण सिट छुटाएको हो त्यस दिन देखि नियम पालना गरेको भए आज सम्म पनि महिला आरक्षण सिटको जरुरत नै पर्दैन थियो होला | यसै बीच गाडीमा मान्छे हरु भरिन थाल्यो अनि मन्द गतिमा स्टेशनमा रोक्दै मान्छेहरु उकल्दै ओराल्दै गाडी कुदाउन थाले | 

शनिबारको दिन भएर पनि होला गाडी एकदम स्लो मोसनमा गुडिरहेको देख्दा एकदम झर्को लागि सकेको थियो कि यस्तो गतिमा कति खेर चाही हामी आफ्नो गन्तब्यमा पुग्छौ भनेर | कहिले गाडीमा राम्रै गीत बज्दै थियो अनि हामी त्यहि गीतको तालमा गुनगुनाउने गर्थियौ टाइम पासको लागि | पछाडिको सिटमा सुजन अनि सुनिता आफ्नो गफमा मस्त थियो, भने हामी चाही अगाडिको सिट बाट झ्याल बाहिर हेर्दै कुन घर कस्तो छ भन्दै हेर्दै थियौ  | सातदोबाटो हुँदै कोटेश्वर, गौशाला, चाबहिल, जोरपाटी हुँदै पुगिने साँखुको बाटो ब्यापारिक रुपमा व्यस्थ सहर भएको कारणले होला घरहरुमा साइन बोर्ड अनि होर्डिंग बोर्डले राम्रो घरहरुको नक्शा मज्जाले बिगारेको थियो | राम्रो बनोटको घर भएपनि  साइन बोर्ड झ्यालमा टाँगिएको देख्दा हामीलाई लग्यो कि यो घरमा बस्ने मान्छे ले कसरी झ्याल बाट हेर्छन होला | जब कोलाहल बस्ति छिचोल्दै गाडी एकान्त अनि हरियाली ठाउँ बाट लम्किन्दै थियो , तब लग्यो कि हामी हाम्रो गन्तव्यको नजिकै छौ | एकै छिन पछी बस स्टेशन आइपुग्यो र सबै यात्रु ओर्लन थाले | स्टेशन नजिकैको खाजा घरमा चिया नास्ता गरि सके पछी हामी आफ्नो गन्तब्य "बज्र योगिनी " मन्दिर भएको ठाउमा लम्कियौ |

हिंड्दा हिंड्दै-


 यात्रा एकदम रोचक भइ रहेको थियो | हामी आफैमा गफिंदै गई राखेका थियौ | र साथैमा वरपरको दृश्यलाई पनि नियाल्दै थियौ | नेवारहरुको बस्तिमा प्रवेश गर्ने ठाउँ अनि बस्तिको अन्तिम मुखमा गणेशको मुर्ति स्थापना भएको हुन्छ | र साथै हनुमान, बिष्णु अनि महादेवको पनि मुर्ति राखिएको हुन्छ | हुन त नेवार जातिमा बिशेष गरेर  बौद्ध धर्म अनि हिन्दु धर्म संकायका मान्ने थर भएता पनि समग्रमा हेर्दा बहु धर्मलाई अंगालेको  छ जस्तो मलाई लाग्छ | किनभने दुवै संकायको मान्छेले दुवै धर्म त्यतिकै आदर सत्कार अनि शुभ प्रतिकको रुपमा मान्दछन | गणेश भगवानलाई शुभ मात्र नभएर ऋद्धि सिद्धि को रुपमा मान्ने हुनाले, गणेश भगवानको पूजा आराधना पछी मात्र अरु भगवानलाई पुज्ने गरिन्छ अनि पूजा सम्पन्न गरिन्छ | कृषि पेशामा पनि नेवारहरु संग्लग्न भएकोले होला बाटोको दाँया बाँया कतै तोरी रोपिएको थियो त कतै आलु लगाएका थिए | पुरानो बस्ति पनि भएकोले होला , पुरानो नेवारी तवर बनाईएको घर देखि लिएर आधुनिक तवरले बनाएका घर पनि देखिन्थे | पुरानै शैलीलाई संरक्षण गर्ने हेतुले पनि नयाँ घरहरु पनि पुरानै ढांचा अनुरुप बनाएका देखिन्थे |

धार्मिक स्थल साँखु-

स्वोस्थानी ब्रत कथाको समय एक महिना सम्म जात्रा लाग्ने यस ठाउमा शालीनदि अवस्थित रहेको छ | स्वस्थानी ग्रन्थमा उल्लेख गरिएको शाली नदीलाई एकदम पबित्र धार्मिक स्थलको रुपमा पुज्ने गरिन्छ | एक महिनाको मेलाको समयमा कथा भन्ने अनि मेला भर्ना आउने मान्छेको घुइचो लाग्ने गर्दछ | आफ्नो जीवनबाट दुख, काष्ठ निवारण गर्नको लागि यस पबित्र स्थलमा आएर स्नान गर्ने अनि दान दक्षिणा भेट गर्ने देखि लिएर , कथाको अन्तिम दिनमा नैबेध सेलाउनको लागि पनि यहि पबित्र स्थलमा ब्रतालु हरुको घुइचो लाग्ने गर्दछ |

बज्र योगिनी मन्दिर जानको लागि ग्राबेल गरेको बाटो हुँदै माथि उकालो लाग्नु पर्थ्यो | श्रद्धालुहरुलाई सहज होस् भनेर खुड्किला बनाएका रहेछन | त्यहि खुड्किलामा चड्दै अघि बढिरहेयौ | मन्दिर अनि जंगल पनि रहेको हुनाले होला बाँदरहरुको घुइचो पनि मज्जाले हेर्यो | यहि ठाउँमा पहिलो पटक रातो अनुहार भएको बाँदर पनि  देखें मैले | बौद्ध आस्थाले पनि भरिएको स्थल भएकोले होला मरेको मान्छेको आत्माको चिर शान्तिका लागि लुंग टाँगिएको थियो | मन्दिर आवत जावत गने श्रद्धालुहरु लाई पानीको सहज आपूर्ति होस् भनेर ढुंगे धारा पनि बनाएका रहेछन | हिन्दु मन्दिर भएता पनि धार्मिक सहिष्णुता भएको देश भएकोले होला पुरानो चैत्य हरु पनि अवस्थित रहेको छ | तर राम्रो संग ध्यान पुर्याउन नसक्दा कति यस्तो पुरानो सम्पदा बेवारिसे बनेर जिर्ण अवस्थामा पुगेको पनि देखियो |

गन्तब्य : बज्र योगिनी मन्दिर परिसर-

यस्तै रोचक गफ गाफ गर्दै  हामी आफ्नो गन्तब्य बज्र योगिनी मन्दिरमा पुग्यौ | मन्दिरको ढोका हामी गईसके पछी खोल्ने समय भएको रहेछ  र एकजना पण्डित बाजेले त्याँहा बसेर पाठ पढ्न थाल्नु भयो  | देबीको मन्दिर भएकोले  होला मुर्तिमा विभिन्न खाले अलंकार लगाई दिएको थियो | मन्दिरको परिषरमा रहेको चैत्यमा बौद्ध धर्म अनि शैब धर्मको समिश्रण स्वरुपको प्रतिक उभिएको थियो | पिरामिड शैलीमा बनिएको मन्दिरको बनावट हाम्रो नेपाली संस्कृतिको पुरानो ढांचा हो | मन्दिरमा चढाउनका लागि ल्याएका बोकाहरु मस्तले हिंडडुल गर्दै थिए भने, मन्दिरमा चढाउन ल्याएको प्रसादमा भने बाँदरले हमला बोल्दै थिए | मन्दिर भन्दा माथि भोज भतेरको लागि बनाईएको भवन रहेछ जांह पूजाआजा गर्न आउने देखि लिएर सभाहरुको पनि जमघट गर्ने स्थल रहेछ | त्यस भवनको बीच भागमा भने ढुंगे धारा रहेछ | त्यस भवनमा सानो चिया पसल अनि किराना पसल पनि रहेछ ता कि मन्दिर आउने हरुलाई केहि खानको लागि सुबिस्था होस् |

पर्यटन व्यवसायलाई प्रबर्धन गर्नको लागि आन्तरिक पर्यटनले पनि टेवा पुर्याउन पर्छ भन्ने हेतुले हामीले सके सम्मको शनिबारको दिनलाई चाही भ्रमणका लागि छुट्टाएका छौं | सामान्य दिनमा सबै जना आ - आफ्नो काममा ब्यस्त हुने हुँदा उपत्यका भन्दा टाढा जान  नमिल्ने आफ्नै समस्या रहेको छ | काठमाडौँ उपत्यका भित्र पनि प्राकृतिक अनि सांस्कृतिक सम्पदाले भरि पूर्ण ठाउहरु रहेको हुनाले पनि हामीले यतै आफ्नो गन्तब्य बनायौं | काठमाडौँ उपत्यकामा पनि नगएका थुप्रै त्यस्ता ठाउँहरु छन् जहाँ हामी मनोरन्जनका साथै ज्ञान पनि हासिल गर्न सक्छौ | यसै अनुरुप हाम्रो यात्रा जारी रहने छ |

Comments